
२९ असार, काठमाडौं । साताकाे पहिलाे काराेवार दिन सोमबार नेपाली शेयर बजारकाे परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको छ । सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको हाे ।
नेप्सेको यो अंक गत मंसिर ४ गते यताकै न्यून अंक हो । त्यस दिन नेप्से २५६० अंकमा रहेकाे थियो ।
साेमवार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयरहरूकाे मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
सोमबार ३६८ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन अघिल्लाे दिनकाे तुलनानमा काराेवार भने उल्लेखनीय रकमले वढेकाे छ ।
त्यस्तै, १० प्रतिशत एनआईसी एसियको ४६ करोड र एभरेष्ट बैंक डिभेन्चरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशतले बढेको छ ।
आज नेप्से घट्ने क्रम नरोकिँदा कारोबार रकम बढ्नुले बजारले सुधारको बाटो लिन खोजेको हो कि भन्ने देखाउँछ ।
यद्यपि आर्थिक वर्षको अन्तिममा डिबेञ्चरको कारोबार बढ्दा बजारको समग्र कारोबारमा उल्लेख्य सुधारको अवस्था देखिएको हो ।
यो कारणले कारोबारकै कारण आशावादी हुने अवस्था भने खासै नरहेको विश्लेषकहरूको बुझाइ छ ।
मा प्रकाशित