लामाे समय पछि शेयर बजारमा सामान्य सुधार काराेवार रकममा उच्च वृद्धि

आर्थिक परिवेश

३० असार, काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढेर दुई हजार पाँच सय ७६ दशमलव २६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर ४५१ दशमलव ३४ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३२ अङ्कले बढेर १७६ दशमलव ८८ मा पुगेको छ ।

सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव २० अङ्कले बढेर १५२ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर  ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मूल्यमा खरिद बिक्री भएको छ ।

यस दिन बजारको परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा मंगलवार ८ अर्ब ४१ करोडको काराेवार भयो ।

यो कारोबार रकम करिब तीन महिनाकै उच्च हो । यसअघि वैशाख ३ गते ९ अर्ब २० करोडको कारोबार भएको थियो । आजको कारोबार त्यसयताकै धेरै हो ।

आज १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । आज १६४ कम्पनीको सेयर बढ्यो भने १०१ कम्पनीको सेयर घट्यो ।

त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार कामना सेवा विकास बैङ्कको डिबेञ्चर, साङ्ग्रिला विकास बैङ्कको डिबेञ्चर, उपकार लघुवित्त संस्था लगायतका लगानीकर्ताले कमाएका छन् ।

सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैङ्क डिबेञ्चर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज गुमाएका छन् ।

मा प्रकाशित