
२ साउन, काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन नेपाली धितोपत्र बजारकाे सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर २ हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ४. १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका १ करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयरहरू ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा किनबेच भएका छन्।
यस दिन बजारका १३ उपसमूहमध्ये १२ उपसमूहकाे काराेवार बढ्यो भने एक उपसमूह घटेको छ । आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने १३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् ।
त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् ।
मा प्रकाशित