कोलकाताबाट विराटनगरसम्म कार्गो ढुवानीको सेवा शुरु

आर्थिक परिवेश

०२ साउन कलकत्ता,भारत ।    साउन १ गते शुक्रवारदेखि कोलकाता विराटनगर रेलवे कार्गो ढुवानीको सेवा शुरु भएको छ ।

नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था बमोजिम विराटनगर भन्सारसम्म रेल कार्गो ल्याउने कार्य शुरु भएको हो ।

कोलकतास्थित नेपाली महावाणिज्यदूतावासको पहलमा जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।

यो संगै कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हाे  ।

सेवा शुरुवातकाे अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य लगायत भारतकाे  कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरुले संयुक्तरुपमा हरियो झण्डा देखाई रेल कार्गो सेवाको शुभारम्भ गर्नुभयो ।

पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ राखिएका ४० वटा ४० फिटका उच्च क्षमताका कन्टेनरहरू रहेका छन ।

सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यनू लागत हुने र करिव २४ घन्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले सवै प्रकारका वस्तु आयातमा सहज हुनेछ ।

मा प्रकाशित