उत्पादन वृद्धि मार्फत अर्थतन्त्रतर्फको नेतृत्व लिन उद्योगीहरुलाई अर्थमन्त्रीकाे आग्रह

आर्थिक परिवेश

१२ साउन, काठमाडौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योगीहरुले  गर्नुपर्ने बताउनु भएको छ ।

मंगलबार सिंहदरबारमा उद्यमीसँग अर्थमन्त्री विषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्र्थापित गर्नुपर्ने बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित,प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै अर्थमन्त्री वाग्लेले उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले पूँजीगत खर्चको गति बढाउने,आयोजना कार्यान्वयनलाई तीव्र बनाउने,पूँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको उल्लेख गर्नु भयो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिबद्धता दोहोरयाउँदै लगानी,उत्पादन,उद्योग विस्तार,नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरूलाई आग्रह समेत गर्नु भयो ।

मा प्रकाशित