
१८ साउन, काठमाडौं । नेपाल आयल निगमले आइतवार मध्यराती देखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
नेपाल आयल निगमले हिजाे राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।
एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
