
२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनु भयाे ।
अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस हुनु भएकाे थियाे । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो ।
अब कार्यकारी निर्देशकका रूपमा साहको काँधमा महत्त्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी आएको छ । अहिले देशभरि ग्यास नपाएर उपभोक्ता लाइनमा उभिन बाध्य छन् । साहले सबैभन्दा पहिले यो समस्या समाधान गरिहाल्नुपर्ने चुनौती छ ।
मा प्रकाशित