दूधखोला विद्युत् आयोजनाकाे वित्तीय व्यवस्थापन सम्पन्र

आर्थिक परिवेश

२५ साउन, काठमाण्डौ ।   मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाका लागि १० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक तथा स्वदेशी लगानी (वित्तीय व्यवस्थापन) जुटेको छ ।

माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीको प्रवद्र्धक दूधखोला हाइड्रोपावर कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी औपचारिक सम्झौता भएसँगै आयोजना निर्माणको बाटो पूर्ण रूपमा खुलेको हो।

यस आयोजनामा एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ लगानी हुने छ भने सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

दूधखोला आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ अनुमान गरिएको छ । कुल लागतमध्ये बैंकहरूबाट प्राप्त हुने १० अर्ब १ करोड रुपैयाँबाहेकको बाँकी रकम प्रवद्र्धक कम्पनीले इक्विटी (स्वपुँजी) मार्फत लगानी गर्नेछ ।

यस आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम हुने देखिएको छ ।

माउण्टेन इनर्जी लिमिटेडका अध्यक्ष प्रदिपजंग पाण्डेले निर्माण सुरु भएको तीन वर्षभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

मा प्रकाशित