एनआरएनए सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

आर्थिक परिवेश

२७ साउन, काठमाण्डौ ।   गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा ३५ भन्दा बढी देशबाट २५० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा तथा भर्चुअल माध्यमबाट समेत गरी ४०० भन्दा बढीको सहभागिता रहेको गैर आवासीय नेपाली संघले जनाएको छ ।

सम्मेलनलाई नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो ।

सम्मेलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको प्रमुख आतिथ्यतामा विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएकोे हो ।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुबेदी, नेपालका राजनीतिक दलका प्रतिनिधि, सरकार, निजी क्षेत्र, एनआरएनए आईसीसी तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी एवं प्रतिनिधिहहरूकाे सहभागिता रहेकाे थियाे ।

सम्मेलनका विभिन्न विषयगत सत्रहरूमा गैरआवासीय नेपालीहरूको नागरिकता तथा कल्याण, युरोपेली लगानी, क्षेत्रीय चुनौती तथा अवसर, आर्थिक तथा श्रम कूटनीति,

महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको संलग्नता, डायस्पोराको ज्ञान तथा नवप्रवर्तन र एनआरएनएको रिब्रान्डिङलगायतका विषयमा घनिभूत छलफल, भर्चुअल प्रस्तुति, अन्तरक्रिया तथा विचार–विमर्श गरी महत्वपूर्ण निष्कर्ष र सुझावहरू प्रस्तुत भएका छन् ।

सम्मेलनका क्रममा छलफलबाट प्राप्त निष्कर्ष, सुझाव र प्रतिबद्धतालाई समेट्दै सम्मेलनले नेपाल र नेपाली डायस्पोरा बीचको सम्बन्धलाई थप सुदृढ, परिणाममुखी

र दीर्घकालीन बनाउने, गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा नेपालको आर्थिक र सामाजिक विकासमा नेपाली

डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने उद्देश्यका साथ १७ औँ डब्लिन घोषणापत्र–२०२६ जारी गरेको छ ।

सम्मेलनले जारी गरेको १७ बुँदे घोषणापत्र

  1. नागरिकता र विधेयक: गैरआवासीय नेपाली सम्बन्धी विधेयक (२०८३) यथाशीघ्र संसदबाट पारित गर्न र वंशजको नागरिकताको निरन्तरताका लागि संवैधानिक व्यवस्था गर्न अनुरोध।

  2. आर्थिक लगानी: युरोपमा रहेको नेपाली पूँजी, सीप र अनुभवलाई नेपालमा जोड्न लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह।

  3. एनआरएनए डेभलपमेन्ट फण्ड: ८५% सम्म धितोपत्र जारी गर्न पाउने व्यवस्थाका लागि धन्यवाद दिँदै साना तथा मझौला लगानीकर्ताहरूलाई सहभागी हुन आह्वान।

  4. नेपाल प्रवर्द्धन र व्यापार: नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न, ‘Nepal House’ लगायतका माध्यमबाट नेपाली उत्पादन, पर्यटन र संस्कृतिको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने प्रतिबद्धता।

  5. सुरक्षित आप्रवासन र श्रम कूटनीति: वैधानिक श्रम मार्ग सुदृढ गर्ने तथा पोर्चुगल, इटाली, रोमानियालगायत देशहरूमा हुने गैरकानुनी मानव ओसारपसार नियन्त्रणमा सहकार्य गर्ने।

  6. महिला सशक्तिकरण: नेपाली महिलाको नेतृत्व, उद्यमशीलता र निर्णय प्रक्रियामा सहभागिता बढाउने तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्ने।

  7. युवा र दोस्रो पुस्ता: युवा तथा दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति र एनआरएनएको नेतृत्व प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउने।

  8. ज्ञान र नवप्रवर्तन (Nepal Knowledge & Skills Network): विज्ञ, वैज्ञानिक तथा उद्यमीहरूको ज्ञान र प्रविधिलाई कृत्रिम बुद्धिमत्ता (AI) तथा डिजिटल प्रविधिमार्फत नेपालको विकासमा जोड्ने।

  9. आगामी सम्मेलनहरू: चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन तथा अन्य क्षेत्रीय सम्मेलनहरू (मध्यपूर्व, ओसेनिया, अमेरिकाज्) सफल बनाउन आह्वान।

  10. एनआरएनए रिब्रान्डिङ र अनलाइन भोटिङ: ‘NRNA Roadmap to 2030’ कार्यान्वयन गर्ने र अनलाइनमार्फत आईसीसी नेतृत्व चयनका लागि आवश्यक पूर्वाधार समयमै तयार गर्ने।

  11. कार्यान्वयन र अनुगमन: घोषणापत्रका सुझावहरूलाई कार्ययोजनामा रूपान्तरण गरी नियमित अनुगमन तथा समीक्षा गर्ने।

  12. संस्थागत एकता: आपसी मतभेदभन्दा माथि उठी एकता, सहमति र सहकार्यका साथ एकजुट भएर अघि बढ्न आह्वान।

  13. ब्रिटिस गोर्खा र स्व. निर्मल पुर्जाप्रति सम्मान: ब्रिटिस गोर्खाहरूको पेन्सन विभेद अन्त्य र नागरिकता निरन्तरताको माग गर्दै पर्वतारोही स्व. निर्मल पुर्जाको योगदानको उच्च प्रशंसा।

  14. वैदेशिक रोजगार सहजीकरण: इजरायललगायतका देशमा कार्यरत नेपाली कामदारको सेवा-सुविधा र रोजगारी अवधि थप गर्न समन्वय र सहजीकरण गर्ने।

  15. आगामी सम्मेलनको आयोजना: आगामी १८ औँ युरोप क्षेत्रीय सम्मेलन युके वा पोल्याण्डमध्ये एक देशमा आयोजना गरिने।

मा प्रकाशित