
२७ साउन,काठमाण्डौ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थेनी अल्बानीजीले नेपाली समुदायका प्रतिनिधिहरूलाई क्यानबेरास्थित संसद भवनमा स्वागत गर्नु भएको छ ।
अस्ट्रेलियामा रहेका नेपाली समुदायका संघ संस्थाहरुको महासंघ,अष्ट्रेलिया Federation of Nepali Community Associations of Australia को बार्षिक साधारणसभाका लागि क्यानबेरामा उपस्थित प्रतिनिधिहरूलाई प्रधानमन्त्री अल्बनीजीले संसद भवनमा स्वागत गर्नु भएको हो ।
त्यस अवसरमा नेपाली समुदायलाई सम्बोधन गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजीले अस्ट्रेलियामा रहेको नेपाली समुदायको योगदानको प्रशंसा गर्नु भयो ।
अस्ट्रेलिया बहुसांस्कृतिक देश भएको भन्दै उहाँले नेपाली समुदायको जनसंख्या बृद्धि भएकोप्रति खुशी समेत ब्यक्त गर्नु भयो ।
प्रधानमन्त्री अल्बनीजीले साधारणसभाका क्रममा प्रधानमन्त्री एन्थोनी एल्बानिजीले खास गरि न्यू साउथ वेल्स राज्यमा नेपाली समुदायको बढ्दो उपस्थिति बारेमा आफू जानकार रहेको पनि बताउनु भयो ।
नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बनीजीले पर्यटकको रूपमा आफूले नेपाल भ्रमण गरेको समेत स्मरण गर्नुभयो ।
मा प्रकाशित