शनिवारबाट उपत्यकाका पाँच ठाँउबाट ग्यासकाे  बिक्री शुरु

आर्थिक परिवेश

३० साउन, काठमाडौं ।   नेपाल आयल निगमले  शनिबारदेखि उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यासकाे  बिक्री वितरण शुरु गरेकाे  छ ।

पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरणकाे व्यवस्था मिलाएकाे  नेपाल अायल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भयाे ।

शनिवार अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री वितरण गर्न लागिएको हाे  ।

ग्यास खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानु पर्नेछ ।

निगमले बजारमा ग्यास आयात नियमित भइरहेको बताएको छ । निगमका अनुसार ग्यास आयात नियमित भइरहेको र सम्बन्धित उद्योगले आ–आफ्ना विक्रेता (डिलर)

मार्फत नियमित बिक्री वितरण गरिरहे पनि ग्यास सकिएरै अति आवश्यक अवस्थामा पुगेका व्यक्तिलाई मात्र तत्काल राहतका लागि यो विशेष व्यवस्था मिलाइएको हो ।

निगमका अनुसार काठमाडौंका पाँच छुट्टाछुट्टै स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिने छ । जसअन्तर्गत निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास वितरण गिरएकाे छ ।

त्यसैगरी चावहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यासमात्र बिक्री गरिएकाे  छ ।

यसैगरी कीर्तिपुरस्थित राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास उपलब्ध गराइने छ भने बसुन्धरास्थित

राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यास वितरण हुने व्यवस्था मिलाइएको छ ।

त्यस्तै बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास  बिक्ी गरिएकाे छ  ।

ति स्थानहरुबाट  आवश्यक भएका उपभोक्तालाई मात्र माथि उल्लेखित स्थानमा तोकिएको समयमै आफ्नो परिचयपत्र सहित उपस्थित भई ग्यास किन्नि निगमले अनुरोध गरेको छ ।

 

मा प्रकाशित