
०२ भदौ, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि निरन्तर गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगदवारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसनलाई अटोमेसन प्रणालीमा विस्तार गर्ने कार्य अघि बढाइएको जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा गरी २९ अर्ब३२करोड ४७ लाख रूपैयाँ बराबरको विद्युत् निर्यात गरे पनि विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने स्पष्ट गर्नुभयो ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रूपैयाँको विद्युत् आयातसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले देशका विभिन्न स्थानमा देखिएको भोल्टेजमा उतार चढाव, बारम्बार हुने ट्रिपिङ तथा ट्रान्सफर्मरमा देखिने खराबीका विषयमा अध्ययन गर्न मन्त्रालयले गठन गरेको बताउनु भयाे ।
मन्त्री श्रेष्ठले उच्चस्तरीय समितिले अध्ययन गरी प्रतिवेदन तयार गरेको प्रतिवेदनमा उल्लेखित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरणमा पठाइसकिएको बताउनु भयो ।
मन्त्री श्रेष्ठले घरेलु विद्युतीय उपकरणको प्रयोग बढेसँगै गार्हस्थ्य उपभोक्ताको विद्युत् माग पनि वर्षेनी बढिरहेको तर, पुराना र न्यून क्षमताका संरचनाले बढ्दो विद्युत् भार धान्न नसक्दा कतिपय क्षेत्रमा बेला बेलामा विद्युत् अवरुद्ध हुने समस्या देखिने गरेको समेत जानकारी गराउनु भयो ।
मा प्रकाशित