
०२ भदौ, काठमाण्डौ । सरकारले किसानको दूधको भुक्तानी अवधि आठ महिनाबाट घटाएर भदौ अन्तिम साताभित्र २५ दिनमा झार्ने योजना अघि सारेकाे छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनु भएको हाे ।
विगतमा किसानको दूधको भुक्तानी अवधि आठ महिनाबाट घटाएर हाल तीन महिनामा झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्देै भदौ अन्तिम साताभित्र २५ दिनमा झार्ने योजना रहेको बताउनु भयो ।
गत वैशाख २० गतेदेखी भलौ १ गते सम्म किसानलाई ६० करोड बराबरको भुक्तानी गरेको जानकारी गराउनु भयो ।
दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौज्दात रहनु, अत्यधिक दूध प्रशोधनलागत, प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचनालगायत कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले बताउनुभयो ।
डिडिसीले किसानको बक्यौता भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि उल्लेख गर्नु भयाे ।
मन्त्री चौधरीले संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दूधको बक्यौता भुक्तानी गर्न नेपाल सरकारबाट ४० करोड रुपैयाँ कर्जा लिने योजना रहेको बताउनुभयो ।
उहाँले किसानको भुक्तानीका लागि २० करोड र नयाँ प्रशोधन प्लान्ट स्थापनाका लागि २० करोड रुपैयाँ उपयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।
मा प्रकाशित