नालकोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की

आर्थिक परिवेश

०५ भदौ, काठमाडौं ।  नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।

उदयपुरका स्थाई बासिन्दा कार्कीलाई २०८३।०५।०३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत हुनु भएको कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उहाँ २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट हुनु भएको थियो ।

राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उहाँसँग छ ।

कार्कीले अष्टे«लियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एम.बि.एफ) गर्नु भएको छ भने त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गर्नु भएको छ ।

उहाँले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गर्नु भएको छ ।

मा प्रकाशित