
०६ भदौ, काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वैदेशिक व्यापार अन्तरगतकाे निर्याततर्फ उल्लेख्य सुधार देखिएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनाको तथ्यांक अनुसार साउनमा निर्यात ६१.७२ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
गत आर्थिक वर्षको पहिलो महिनामा यस्तो निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ थियो । यसरी एक वर्षमै निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको साउनमा आयात १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ थियो ।
आयात र निर्यातबीचको अन्तर अर्थात् व्यापार घाटा भने चालु आवको पहिलो महिनामा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ अर्थात २४.८८ प्रतिशतले बढेको छ ।
मा प्रकाशित