साउनमा नेपालमा हुने ग्यासको आयात देब्बरले बढ्याे

आर्थिक परिवेश

०६ भदौ, काठमाण्डौ ।  चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात देब्बरले बढेको छ ।

गत बर्षको साउनको तुलनामा यस बर्षको साउनमा दोब्बरभन्दा बढी मूल्यको खाना पकाउने ग्यास (एलपीजी) आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको साउन महिनामा ८ अर्ब ४६ करोड ९२ लाख २८ हजार रूपैयाँ बराबरको ५ करोड ७३ लाख ३४ हजार १०६ किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ ।

२०८२ सालको साउन महिनामा भने ४ अर्ब ६६ करोड ६४ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ४३ लाख १८ हजार ८९३ किलोग्राम खाना पकाउने एलपीजी ग्यास आयात भएको थियो ।

गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा १ करोड ३० लाख १५ हजार २१३ किलोग्राम बढी एलपीजी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
साउन महिनामा नेपालले गर्ने समग्र आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढेको छ ।

मा प्रकाशित