मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने विषयमा सहमती

आर्थिक परिवेश

०८ भदौ, काठमाण्डौ ।    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मै स्पष्ट गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा अर्थ समितिको सोमवारको बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक,२०८३ माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनुपर्ने अवस्था आउने भएकाले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी विषयमा सहमती जुटेको छ ।

समितिको बैठकमा सभापति डा कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन १ गतेको मिति तय गरिएको जानकारी दिनु भयो ।

समितिमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल जारी रहेको छ ।

मा प्रकाशित