नागढुङ्गा सुरुङमार्ग सोमवारबाट सर्वसाधारणका लागि आंशिक खुला

आर्थिक परिवेश

०८ भदौ, काठमाण्डौ ।    नागढुङ्गा सुरुङमार्ग सोमवारबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ ।

यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमवारदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनु भयो ।

यस सुरुङमार्गमा अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । अन्य ठूला सवारी साधन भने परीक्षणकाल पछि सोही सुरुङमार्ग हुँदै यात्रा गर्न सक्नेछन् ।

हालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुनेछ ।

अवस्था हेरेर १÷२ दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला गरिने भएको छ । सञ्चालन समयलाई बिहान ७ देखि साँझ ८ सम्म र त्यसपछि बिहान ६ देखि राति १० बजेसम्म विस्तार गर्ने योजना रहेको विभागले जनाएको छ ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ११ साउनमा सुरुङमार्गको उदघाटन गर्नुभएको थियो ।

मा प्रकाशित