
०९ भदौ काठमाण्डौ । अटोमोबाइल क्षेत्रले मेला नाडा अटो शोको १८ औँ संस्करण मंगलवारदेखि काठमाण्डौमा शूरु भएको छ ।
अटोमोवाइलहरुको प्रर्दशनी मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने ढङ्गबाट सरकारले कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
गत वर्ष अटोमोबाइल क्षेत्रबाट राज्यलाई ८१ अर्ब राजश्व योगदान गरेको जानकारी दिदै उहाँले मुलुकको कूल राजश्वको करिब आठ देखि नौ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा मात्र हेरिनु नहुने धारणा व्यक्त गर्नुभयो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो ।
अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केबल सवारीसाधनको व्यापारका रूपमा मात्र नहेरी यसको बृहत् आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो ।
मा प्रकाशित