
१२ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ५ सय ५३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शुक्रबार साँझ ५ः०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ जिल्लाबाट ५ सय ५३ जनाको शव फेला परेका हुन्।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ।
बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने काम पनि भइरहेको प्रहरीले जनाएको छ।
