६ दिन पछि शेयर बजारमा सामान्य अंककाे सुधार

आर्थिक परिवेश

१६ भदौ,काठमाण्डौ ।    अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोवार मंगलवार भने केही बढेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ९.१६ भदौ,काठमाण्डौ । अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोवार मंगलवार भने केही बढेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ९.२४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ ।

परिसूचक बढे पनि बजारको कारोवार रकम भने यस दिन घटेको छ । अघिल्लो दिन ३ अर्ब ६४ करोडको कारोबार भएकोमा मंगलवार २ अर्ब ८९ करोडरुपैयाको मात्र कारोवार भएको छ ।   यस दिन बजारमा १८२ कम्पनीको मूल्य बढ्दा ८४ को मुल्य घट्यो भने ११ को स्थिर भयो ।

गत बुधबार गएको भीषण बाढीपछि बजारमा अघिल्लो दिनसम्म दबाब परेका समूह पनि मंगलवार सकारात्मक भए । जलविद्युत् समूह आज सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेकोे छ ।
आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत्, रिडी पावर, सानिमा मिडिल तमोर तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।
२४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ ।

मा प्रकाशित