
२० भदौ, काठमाण्डौ । भोटेकोशी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुरयाएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले यही भदौ १० गतेको बाढीले पुरयाएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको जानकारी दिनु भयो ।
बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ ।
बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला,२१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली ३ ‘बी’मा क्षति पु¥याएको छ ।
मा प्रकाशित