
३० भदौ, काठमाण्डौ । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाको प्रभाव स्वरुप मंगलवार नेपाली सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
यस दिन बजार परिसूचक नेप्से ४८.५७ अंक अर्थात १.८७ प्रतिशतले बढेको छ ।
यो वृद्धिपछि नेप्से परिसूचक २६३३ अंकमा कायम भएको छ । नेप्सेको मंगलवारको परिसूचक अंक भदौ १ यताकै उच्च हो ।
सोमवार अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरे संगै बजारमा सुधार भएको देखिएको हो
कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि सम्हालिँदै १ बजेपछि अन्तिम समयसम्म बजारले फेरि वृद्धिको लय समातेको थियो ।
यस दिन बजारको कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । मंगलवार ८ अर्ब २९ करोडको कारोबार भएको छ ।
अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम २ महिना (असार ३० यता) कै उच्च रकम हो ।

यसु बजारका सबै समूहगत सूचकहरु बढेका छन् । बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशत बढे ।
आज २६५ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ भने एउटाको स्थिर रह्यो । धौलागिरि लघुवित्तको १४.९६, सिन्धु विकास बैंकको ११.०३, मल्टिपर्पस फाइनान्सको ९.७३, जानाकी फाइनान्सको ८.०६, मिडसोलु हाइड्रोपावरको ६.६७ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै बोटलर्स नेपाल बालाजुको २.९७, रिलायन्स स्पिनिङ मिल्सको १.९४, सर्वोत्तम पेन्टसको १.६६ प्रतिशत मूल्य घट्यो ।
यस दिन धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक अगाडि रहे ।
मा प्रकाशित