
७ असोज, काठमाडौं । बुधबार नेपाली सेयर बजारका सबै सूचकहरू घटेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६. २५ अंक (१.३६ प्रतिशत) ले घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६१८ अंकमा कायम भएको छ ।
यस दिन बजारकाे कारोबार रकम पनि खस्किएको छ । अघिल्लो दिन ७ अर्ब ४ करोडको कारोबार भएको बजारमा बुधवार ६ अर्ब ३५ करोडको काराेवार भयो । यस दिनकाे काराेवारमा जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्यो ।
त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१ प्रतिशत घटे । निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १.२६ प्रतिशत घटे ।
आज जम्मा २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।
धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै सीवाईसी लघुवित्तको ५.४४, विकास हाइड्रोपावरको ३.५४, बोटलर्स नेपाल बालाजुको ३, मिडसोलु हाइड्रोपावरको २.६४ प्रतिशत मूल्य बढ्यो ।
फर्स्ट माइक्रोफाइनान्सको ८.५४, माउन्ट एभरेस्ट पावरको ५.७२, इङवा हाइड्रोपावरको ५.२२, पियोर इनर्जीको ४.७९ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् तथा घलेम्दी हाइड्रोपावर क्रमश अगाडि रहे ।
मा प्रकाशित