नेप्से परिसूचक बिहिवार  दोहोरो अङ्कले बढ्याे

आर्थिक परिवेश

 ०८ असाेज,काठमाडौँ ।    नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार  दोहोरो अङ्कले  बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढेर २ हजार ६२९ दशमलव ८१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५५ अङ्कले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ ।

त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ७९ अङ्कले बढेर १८१ दशमलव १८ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले  बढेर १५८ दशमलव ३६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ७२ लाख  ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मूल्यमा खरिद बिक्री भएका छन् ।

तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो ।

आज १७६ कम्पनीको शेयर बढ्यो भने ९५ कम्पनीको शेयर घट्यो । त्यसैगरी  सात कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार नेपाल ल्युब आयल, सोनापुर मिनरल्स एण्ड आयल, कुमारी सवल योजनालगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी मिड सोलु हाइड्रोपावर, धौलागिरि  लघु वित्तीय संस्था र सिटिजन सुपर ३० म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।

मा प्रकाशित