११ असाेज,पर्वत । गए रातिदेखिको अविरल वर्षापछि पर्वत जिल्लामा हालसम्म ६६ घर पूर्ण रुपमा बगाएको र थप २३ घर उच्च जोखिममा छन् ।
बेलैमा स्थानीयलाई सुरक्षित स्थलतर्फ लगिएकोले मानवीय क्षति भने भएन ।
सशस्त्र प्रहरीका अनुसार उच्च जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सारिँदैछ ।
कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतका तटीय क्षेत्रहरूमा ठूलो भौतिक क्षति भएको छ। बाढीले जलजला गाउँपालिका–८, फर्सेका करिब २५ वटा घर बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ८० घरधुरी रहेको फर्से बस्तीमा कालीगण्डकीको बहाव पसेपछि २५ घर बगेका हुन्।
बाँकी रहेका घरहरू पनि बाढीको उच्च जोखिममा परेका छन्।
जोखिम बढेपछि फर्सेका सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिनु भयाे ।
हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरी टोलीलाई तत्काल घटनास्थल पुग्न कठिन भएको थियो। फर्से प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
यसैगरी, कालीगण्डकीको बाढीका कारण दक्षिण पर्वतको प्रसिद्ध पर्यटकीय तथा व्यापारिक केन्द्र सेतीबेनी बजारसमेत डुबानमा परेको छ। बाढी बस्तीमा पस्दा बजार क्षेत्रका घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

बाढीले पर्वतका अन्य तटीय क्षेत्र र सडक संरचनामा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सहस्रधारा लगायतका क्षेत्रमा मध्यपहाडी लोकमार्ग क्षतिग्रस्त हुँदा कुश्मा–बागलुङ सडक खण्डमा आवतजावत ठप्प भएको छ।
बाढीको जोखिम कायमै रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए। प्रभावित क्षेत्रमा उद्धार, राहत व्यवस्थापन र क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको छ।

त्यसै गरी बाढीले पर्वत स्याडजा र गुल्मीकाे सगमस्थल सेतीवेणी बजार समेत डुबाएकाे छ । कालीगण्डकीमा विगत ५० बर्षमा यती ठुलाे बाढी नअाएकाे र यस पंकारकाे क्षति नभएकाे भए पनि यस प६क भने याे विनास निम्तीएकाे स्थानीयहरुले बताएका छन् ।



