नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैमा सुरु

आर्थिक परिवेश

 १८ असाेज काठमाडौँ । देशकाे  पुरानाे मध्यकाे एक पार्टी  नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट काठमाण्डाैमा सुरु भएको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित उद्घाटन सत्र सुरु भएकाे हाे  ।

महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोली र पर्सि मङ्गलवार हुने र निर्वाचन कार्यक्रमका लागि २१ र २२ तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन उद्घाटन सत्रमा अहिलेसम्म नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरु कार्यक्रममा सहभागि हुनु भएकाे छ ।

आजदेखि सुरु भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आएका छन् । अहिले विभिन्न दलका  नेताहरुले महाधिवेशनकाे सफलताकाे शुभकामना  व्यक्त गर्नु भएकाे छ ।

facebook sharing button
मा प्रकाशित