
१२ कात्तिक, काठमाडौं । बिहीबार नेपाली सेयर बजारको परिसूचक नेप्से ३१.५४ अंकले बढेर कारोवार भएको छ ।
यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको यो अंक ३ महिना अर्थात् साउन १२ गते यताकै उच्च हो ।
अघिल्लो दिन बिहिवार पनि नेप्से ३३ अंकले बढेको थियो ।
यस दिन बजारकाे कारोबार रकम पनि बढेको छ । बुधवार बजारमा ७ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहिवार ८ अर्ब ५५ करोड रुपैयाको कारोवार भयो ।
यो कारोबार रकम वैशाख ३ यताकै उच्च काराेवार रकम हो । त्यस दिन नेपाली शेयर बजारमा ९ अर्ब ३१ करोडरूपैयाको कारोबार भएको थियो ।
बिहिवार बजारमा १८१ कम्पनीहरुको मूल्य बढ्यो भने ९१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहिवार बजारमा सबै समूहगत सूचक बढेका छन् । बैंकिङ २.२८, विकास बैंक १५५, फाइनान्स १.६९, होटल तथा पर्यटन २.०५, जलविद्युत् ०.३६, लगानी ०.२४,
जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.१३, अन्य २.४५ तथा व्यापार ०.०३ प्रतिशत बढे ।
हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै सोपान फर्मास्युटिकल्सको ८.७२, नेपाल पुनर्बीमाको ५.६१, नेपाल फाइनान्सको ५.४९, एनआई एसिया बैंकको ४.६९, कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत मूल्य बढ्यो ।
एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ३.६५, चिरख्वा हाइड्रोपावरको ३.१४, राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर क्रमशः अगाडि रहे ।
मा प्रकाशित