इलामकाे कन्याममा शुरू भयाे दुई दिने चिया महोत्सव

आर्थिक परिवेश

०५ कन्याम, इलाम । नेपालको अर्थोडक्स चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका ७–कन्याममा दुई दिने चिया महोत्सव २०८३ सुरु भएको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने, स्थानीय परिकार, भेषभूषा, कला, संस्कृति र पहिचानको उजागर तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको

सूर्योदय नगरपालिकाका निमित्त प्रमुख अधिकृत लुना खतिवडाले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकार, सूर्योदय नगरपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) को साझेदारीमा आयोजना भएको महोत्सवको  कोशी प्रदेश

सरकारका पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बूले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री लिम्बुले यस्तो महोत्सव तथा पर्यटनसँग सम्बन्धित कार्यक्रमहरूले चियाको प्रवर्द्धन बजारीकरण गर्नमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य कृष्ण शाहले  चियालाई कसरी पर्यटनसँग जोडन सकिन्छ भन्नेबारेमा आफ्नो भनाई राख्दै १९२० मा चिया रोपण इलाममा सुरु गर्नु भएको स्मरण गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका मौलिक झाँकी प्रदर्शन, परम्परागत भेषभूषा, स्थानीय तथा जातीय खानाका परिकार, लेप्चा जातिको विभिन्न

भेषभूषाको प्रदर्शनी सांस्कृतिक प्रस्तुति लगायतका विविध कार्यक्रम समावेश गरिएका छन्।

महोत्सवको अवसरमा मङ्सिर ६ गते भोली चिया बगानको पदमार्गमा पुरुषतर्फ १२ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड प्रतियोगिता समेत आयोजना गरिनेछ।

कार्यक्रममा संविधान सभा सदस्यहरू टिकाराम सुब्बा, सूर्यवाला राई, लिला देवी श्रेष्ठ, रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबो, कोशी प्रदेश मुख्य मन्त्रीका

सल्लाहकार मोहन सुवेदी, पर्यटक स्थानीय पर्यटन व्यवसायी चिया किसान लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित