गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबइले उडान शुरु गरयाे
आर्थिक परिवेश

२४ कात्तिक, भैरहवा ।  रुपन्देहीकाे  भैरहवामा रहेकाे गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दोस्रो विमानकाे रुपमा  फ्लाइ दुबइले पनि उडान शुरु गरेको छ । शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज समेत अवतरण भएको हो । दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो । यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् । बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाडौं आएकाे छ । त्यसै गरी  भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ । याे सँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विमान कम्पनीहरुकाे  स‌ख्या  ४ पुगेकाे ५…

जजिरा एयरलाइन्सले शनिवारदेखि  गौतम बुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा पुन उडान शुरु
आर्थिक परिवेश

२४ कार्तिक, भैरहवा ।  कुवेतकाे जजिरा एयरलाइन्सकाे विमानले शनिवारदेखि  गौतम बुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गरेको छ । विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनु भयाे। यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार  नियमितरुपमा  उडान गर्ने गरी उडान तालिका तय गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानसमय घट्यो राती १०देखि विहान ०८ बजेसम्म बन्द
आर्थिक परिवेश

२३ कार्तिक, काठमाण्डौ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रवार कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने भएको छ । त्यसका लागि साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ०८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरिएको छ । विमानस्थल सञ्चालनको समय घटाउँदा आन्तरिक वायुसेवा कम्पनीहरुको उडान करिव ३० प्रतिशत तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको उडान करिव २० प्रतिशतले कटौती हुने भएको छ । विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको बाध्यताको कारण उडानहरु कटौती गरी नियमित उडानहरुलाई गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले लामो समयदेखि आग्रह गर्दै आएको छ…

अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा नेपालको सहभागीता
आर्थिक परिवेश

२० कार्तिक,काठमाडौ ।   नेपाली दूतावास क्यानडाले अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भइ नेपालको पर्यटन प्रवद्र्धन कार्य सम्पन्न गरेको जनाएको छ । आर्थिक कूटनीति कार्यक्रम अन्तर्गत यही १ देखि ३ नोभेम्बर २०२४ सम्म क्यानडाको मोन्ट्रियलको प्यालेस डेस कङ्ग्रेसमा आयोजना गरेको तीनदिने ३४औँ अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भएको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । दूतावासले स्टल स्थापना गरेर पर्यटन प्रवद्र्धनात्मक सामग्री प्रदर्शनी र आगन्तुकहरूलाई वितरण गर्नुका साथै प्रदर्शनी अवधिभर नेपालको पर्यटनसँग सम्बन्धित मुद्रित सामग्री, वृत्तचित्र र दृश्य सामग्री समेत प्रर्दशन गरिएको थियो । नेपाली दुतावासको प्रर्दशनी कक्षमा चिया, कफी, पश्मिना सल, हस्तकला तथा नेपालको कलात्मक…

थाई एसिया एयरलाइन्सकाे बैंकक–भैरहवा उडान शुरु
आर्थिक परिवेश

१८ कार्तिक, भैरहवा ।    थाई एसिया एयरलाइन्सले बैंकक–भैरहवा–बैंकक उडान तिहारको दिन आइतबारदेखि शुरु गरेको छ । थाई एसिया एयरलाइन्सको विमान आइतवार बिहान ६ः५ बजे थाई चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको र अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताउनु भयो । थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडाैमा सुरु गर्न…