सरकारले लगानी सम्मेलनमा १ सय ५१ परियाेजना साे केशमा प्रस्तुत गर्ने
आर्थिक परिवेश

१४ बैशाख, काठमाडौँ  ।   सरकारले  तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजनाहरू साे केशकाे रूपमा  प्रस्तुत गर्ने  भएको छ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ लगानीकर्ताहरू बीचमा सरकारले ती याेजनाहरू प्रस्तुत गर्ने भएकाे हाे । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ ।…

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ अर्थमन्त्री पुन
आर्थिक परिवेश

१३ वैशाख,काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताउनु भएकाे छ । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताउनु भयाे । सरकारी श्रोतमा भएको सीमितताका कारण सरकारले टाइट गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको उहाँको भनाइ थियो । ‘अर्थतन्त्रमा केही सुस्तता छ । जनता र खास गरी युवाहरुको अपेक्षा धेरै माथि छ’, उनले भने, ‘निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन केही न केही बोल्ड निर्णय गर्नुपर्ने छ ।’ मन्त्री…

९ महिनामा २० अर्ब २९ करोड २२ लाखकाे धान, चामल, मकै पैठारी, काेदाेकाे पिठाे मात्रै १ अर्बकाे
आर्थिक परिवेश

१३ बैशाख, वीरगंज  । मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसिपी भन्सारबाट मात्र  चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब २९ करोड २१ लाख ६६ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न नेपाल भित्रिएको छ । वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त सम्म ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ३८ करोड १८ लाख ४९ हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको…

काठमाडौँमा हिमालयन हाइड्रो एक्स्पो शुरू राष्ट्रपतिबाट उद्घाटन
आर्थिक परिवेश

१३ बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह  भर्न सक्नुपर्ने बताउनुभएको छ । नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौँमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले  सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको लगानीबाट नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रबल सम्भावना रहेकाले यसका लागि सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्ने र निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरि मानेर लगानी बढाउँदै जानुपर्ने बताउनुभयो । नेपालको आर्थिक समृद्धिको लागि सरकारले…

याेजना आयाेगले राष्ट्रिय विकास परिषद्को बैठकमा पेश गरयाे १६ औँ याेजनाकाे मस्याैदा
आर्थिक परिवेश

१३ बैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनु भएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको आज काठमाडाैंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा  १६ औँ योजना केन्द्रित हुने बताउनु भएको हो । “पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।” आर्थिक समृद्धिको सम्वाहकका रूपमा…