काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर आजदेखि एकीकृत कारोवार शुरु गरेका छन् ।
गाभिए पछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार सुरु भएको हो ।
बीमा क्षेत्रको नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य गरेपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने निर्णयमा पुगेका थिए । यो मर्जरलाई बीमा क्षेत्रको पहिलो र ठूलो मर्जरको रुपमा लिइएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबारको आइतवार काठमाण्डौमा शुभारम्भ गर्नु भयो ।
मर्जरपछि कम्पनीको अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ चयन हुनुभएको छ भने प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त हुनुभएको छ ।
मर्ज भएपछि संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँनजिक पुगेको छ । मर्जरअघि एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँ हाराहारी र हिमालयनको १ अर्ब १७ करोड हाराहारी थियो ।
मा प्रकाशित