सुनको मुल्य प्रति तोला १ लाख ८६ हजार पुग्याे

आर्थिक परिवेश

 ३१ चैत्र काठमाडौँ ।   बर्षको अन्तिम दिन सुनको मूल्य  हालसम्मकै उच्च कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार  १ हजार रूपैयाँले बृद्दी भएर सुनको मुल्य प्रति तोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार, छाप भएकाे सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढन पुगेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ

मा प्रकाशित