निर्माण सुरु भएको १० बर्ष पछि भेडेटारमा खानेपानी

आर्थिक परिवेश

 

धनकुटा । प्रदेश १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा लिफ्ट मार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ । निर्माण सुरु भएको दश बर्ष पछि खानेपानी भेडेटार पुगेको हो । २०६९ सालमा केन्द्र संघीय सरकारको लगानीमा सुरु भएको आयोजनाको प्रदेश सरकारले जिम्मा लिएर एक दशक पछि निर्माण सम्पन्न गरेको हो । खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश १ सरकारका खानेपानी तथा उर्जा मन्त्री रामकुमार राइले सुस्त गतिमा भइरहेका अन्य आयोजना पनी चाँडो सम्पन्न गरि सञ्चालनमा ल्याउने बताउनु भयो ।
प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागीतामा ३ करोड ६७ लाख रुपैयाको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाको माध्यमबाट स्थानीय सिरीसे, सौरे र सौरे खोलाबाट लिफ्ट गरी करीब डेढ किलोमिटर माथि भेडेटारमा खानेपानी ल्याइएको छ ।
लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा निर्माण भएका एक एक लाख लिटर क्षमताका तिन बटा ट्याङ्कीमा जम्मा गरेर पचास हजार लिटरका दुइ र १२ हजार लिटरका तिन वटा ट्याङ्की मार्फत पानी वितरण गर्ने गरी तयारी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिनुभयो । आयोजना मार्फत साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ भेडेटारका १ सय ४७ घरधुरी लाभान्वित हुने भएका छन ्। आयोजना सञ्चालन पछि भेडेटारका होटलमा हुने गरेको खानेपानी समस्या हटेर जाने साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राइले बताउनु भयो ।

मा प्रकाशित