तिहारलाई झण्डै २ अर्ब १५ करोड बराबरको सुख्खा फलफुल तथा मिठाई नेपालमा  भित्रियाे

आर्थिक परिवेश

१७ कार्तिक, विरगञ्ज ।     दिपावलीलाई लक्षित गरी वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफुल, ड्राई फ्रुट्स, भाई मसला चकलेट तथा अन्य फलफुल गरी झण्डै २ अर्ब १५ करोड बराबरको सुख्खा फलफुल तथा मिठाई नेपालमा  भित्रिएको छ ।

एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै १ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ चकलेट आयात भएको छ भने केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ४४ करोड ५० लाख भन्दा बढीको भित्रिएको छ ।

नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले यसलाई कतिपयले ‘भाइ मसला’ समेत भन्ने गर्दछन ।

तिहारमा ओखर, काजु, पिस्ता किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदाम लगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्दछ ।

नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फ्रुट्स आयात हुने वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले बताउनु भयो ।

बीरगंज नाकाबाट कार्तिक महिनामा सुख्खा फलफुल, मिठाई, चकलेट लगायतका सामग्री १९ लाख ६५ हजार ७ सय ६५ किलो ग्राम भित्रिएको बीरगंज भन्सार कार्यालयले जनाएको छ ।

मा प्रकाशित