काठमाण्डौ ।बीमा क्षेत्रको नियामक निकाय बीमा समिति अब बीमा प्राधिकरणमा रुपान्तरण हुने भएको छ ।
आइतवार संसदबाट पारित भएको बीमा विद्येयक २०७९ मा त्यसतो व्यवस्था गरिएको छ ।
संसदबाट पारित विधेयकमा बीमा क्षेत्रको विकासका लागि बीमा विकास कोष निर्माण गर्ने व्यवस्था गरिएको छ । त्यसतो कोषमा उठेको सेवा शुल्कको एक तिहाइ रकम जम्मा गर्नु पर्नेछ । लामो समय पछि बीमा विधेयक संसदबाट पारित भएको हो ।
प्रतिनिधि सभाको आइतवारको छलफलमा उठेका जिज्ञासहहरुको जवाफ दिदै अर्थमन्त्री जर्नादन शर्माले बीमा प्राधिकरण स्वायत्तता हुने बताउनु भयो ।