काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य नघटाउने भएको छ। भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य तेर्सो पटक घटेर आएपनि निगमलाई आझै मासिक ६२.५८ करोड रुपैयाँ घाटा हुने भएकाले मुल्य यथावत राखिने नेपाल आयाल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले मंगलबार पठाएको नयाँ मुल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको थियो। निगमका कार्यकारी निर्देशक थानीका अनुसर सरकारले कर समायोजनको बारेमा केही गरेको छैन।
‘सरकारको निर्देशन मात्र मान्नुपर्ने छ तर सरकारले कर समायोजन गरेको छैन। हामिले लबिङ गरिरहेका छौं।’ उनले परल मुल्यमा समेत पुग्ने अवस्था निगम नरहेको बताए।
यसमा पुगेको अवस्थामा मत्र स्वचालित मुल्य प्रणाली लागू गर्न सकिन्छ। उनका अनुसार निगमलाई रिणको ब्याज १४ करोड तिर्नु पर्ने छ। १० अर्ब ऋण निगमलाई लागेको छ।
यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निमगले अझै २३ अर्ब तिर्नुपर्ने दायित्व रहेको थानीले बताए। ‘यसका लागि सरकारसँग ऋण लिएर तथा तेल बिक्री गरेर तिर्ने हो।,’ उनले भने।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै पछिल्लो समय ३ पटक सम्म लगातार आईओसीबाट पेट्रोलियमको मूल्य घटेर आएको हो। यसँगै निगमलाई पेट्रोलमा करिब ४ रुपैयाँ नाफा हुनेछ। तर डिजेलमा अझै प्रति लिटर करिब ५ रुपैयाँ घाटा नै रहेको अवस्थामा देखिएको निगमले जनाएको छ।
यसका लागि यही मूल्यलाई यथावत राख्नुपर्ने निगमको भनाइ छ। यही मूल्य कायम रहिरहेमा निगमलाई आगामी १५ दिनमा घाटा खुम्चिएर ३१ करोड मात्र हुनेछ।
मा प्रकाशित