काठमाडौं। तिहार सकिएपछि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको बजार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको छ । गत साता तिहारले गर्दा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ । गत साता चाँदीको मूल्य ११ सय ७५ रुपैयाँबाट बढेर प्रतितोला १२ सय १५ रुपैयाँ पुगेको थियो ।
अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १६४४.७० डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔंस १९.२६ डलर छ ।
मा प्रकाशित