सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सम्वन्धी निर्देशिका जारी गर्न माग

आर्थिक परिवेश

काठमाण्डौ । सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराईसंग भेटी सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशकाको अभावमा ब्यवसाय सञ्चालनमा नै बाधा पुुगेको भन्दै सिघै निर्देशका जारी गर्न आग्रह गरेको हो ।


भेटका क्रममा महानिर्देशक भट्टराइले ब्यवसायीहरुको मागलाई आफूले सकारात्मकरुपमा लिएको र शिघ्र निर्देशिका जारी गर्न पहल गर्ने बताउनुुभयो ।
पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ ।

मा प्रकाशित