काठमाडौं। नेपाली मूलकी सराहना श्रेष्ठ अमेरिकाको स्टेट एसेम्बली चुनावमा विजयी भएकी छन्।
न्युयोर्क स्टेट लेजिस्लेचरको १०३ औं चुनावमा डेमोक्र्याट श्रेष्ठले रिपब्लिकन उम्मेदवार प्याट्रिक सिहानलाई पराजित गरेकी हुन्। मंगलबार भएको चुनावमा श्रेष्ठले ३५ हजार ४९३ भोट ल्याउँदा सिहानले २३ हजार १०४ मत पाएका थिए।
गत जुनमा श्रेष्ठले लामो समयदेखि सांसद रहँदै आएका केभिन काहिल, डी-किङ्सटनलाई प्राइमरीमा हराउँदै नोभेम्बर ८ को चुनावमा उम्मेदवार बनेकी हुन्। श्रेष्ठ सन् २०१९ मा अमेरिकी नागरिक बनेकी थिइन्।
उनले चुनावमा आफ्नो मुख्य एजेन्डा ऊर्जाको वितरणलाई स्वच्छ, सुलभ र पहुँचयोग्य बनाउन केन्द्रित गरेकी थिइन्। साथै नवीकरणीय ऊर्जालाई थप प्रोत्साहन गर्ने वाचा उनले मतदातासँग गरेकी थिइन्। उनको सोही एजेन्डालाई अमेरिकी जनताले अनुमोदित गरेका छन्।
श्रेष्ठ डेमोक्र्याटिक सोसलिस्ट्स अफ अमेरिकाको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर कन्ट्रीको सह-अध्यक्ष हुन्। उनी पब्लिक पावर एनवाइको नेतृ पनि हुन्।
मा प्रकाशित