अष्टेलियामा नेपाल फेस्टिभल मार्फत नेपाल प्रर्वद्धनको पहल १

आर्थिक परिवेश

 

काठमाण्डौ । जाडो सकिएर गर्मी शुरु भए संगै अष्टेलियामा बसोबास गर्ने गैर आवासीय नेपाली तथा त्यहाँ काम र अध्ययन गरी बसेका नेपालीहरुले आ आफनो बसोबास रहेको राज्यहरुमा मेला र महोत्सवको आयोजना गरी नेपाल प्रर्वद्धन गर्ने काम गर्दै आएका छन् ।

अष्ट्रेलियास्थित गैर आवासी नेपाली संघ राष्ट्रिय समिति तथा राज्य समितिको आयोजनामा हुने त्यस्ता मेला तथा महोत्सवहरु नेपाल फेस्टिभलको रुपमा मनाइने गरिएको छ ।

नेपाल फेस्टिभलको क्रममा त्यहाँस्थित विभिन्न अष्ट्रेलियन समुदायहरु बीचमा नेपाली कला, संस्कृती, रिती रिवाजहरु,भेषभुषा, नृत्य तथा तस्वीरहरुको माध्यमबाट नेपालमा पर्यटन प्रर्वद्धन गर्न सहयोग गर्ने गरिएको छ ।

नेपाल फेस्टिभल तथा मेला महोत्सवको आयोजना गरेर अष्ट्रेलियाका विभिन्न राज्यहरुमा छरिएर रहेका नेपालीहरु बीच आपसी एकता, भाइचारा अभिवृद्धि गर्नुका साथै त्यहाँ बसोबास गर्ने अन्य समूदायका मानिसहरुसंग मित्रवत सम्बन्ध विकास गर्ने गरिएको छ ।

त्यस क्रममा नेपालीहरुलाई आई पर्ने विभिन्न सम्स्याहरुमा सहयोग तथा सुझावहरु उपलब्ध गराउने अष्टे«लियन नागरिकहरुलाई नेपालमा भ्रमण गर्न प्रेरित गर्ने र त्यहाँ विभिन्न उद्यम गरेर बसेका नेपालीहरुका उत्पादनहरुको समेत प्रर्वद्धन गर्ने गरिएको गैर आवासी नेपाली संघ राष्ट्रिय समिति अष्ट्रेलियाका निर्वतमान अध्यक्ष केशब कँडेलले बताउनु भयो ।


नेपाल फेस्टिभल प्रतेक २ बर्षमा
नेपालको पर्यटन प्रर्वद्धन तथा नेपाललाई अष्ट्रेलियामा चिनाउन नेपाल फेस्टिभल प्रतेक २ बर्षमा मनाउने गरिएको छ ।
यस बर्ष अहिलेसम्म डार्बिन, मेलबर्न र हालै तास्मिानियाको होर्बटमा नेपाल फेस्टिभल आयोजना गरिसकिएको गैर आवासी नेपाली संघ राष्ट्रिय समिति अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुड.ले जानकारी दिनु भयो ।
होर्बटमा नेपाल फेस्टिभल सम्पन्न
तास्मिानिया राज्यको राजधानी शहर होर्बटमा नेपाल फेस्टिभल पहिलो पटक आयोजना गरिएको छ ।

कार्तिक २१ गते अर्थात नभेम्बर नभेम्बर ६ तारिकका दिन अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले होर्बट नेपाल फेस्टिभलको उद्घाटन गर्नु भयो ।

नेपाल फेस्टिभलमा नेपालीहरु तथा त्यहाँ बसोबास गर्ने अन्य समुदायका अष्ट्रेलियनहरु समेत गरी करिव करिव १० हजारको  सहभागिता रहेको नेपाल फेस्टिभल होर्बटका संयोजक तथा गैर आवासीय नेपाली संघ तास्मानिया राज्यका उपाध्यक्ष राकेश शाक्यले आर्थिक परिवेशलाई बताउनु भयो ।

राज्का मन्त्री एलिष्टिक आर्चर, होर्बट शहरका मेयर तथा गैर आवासीय नेपाली संघ अष्टेलीयाका अध्यक्ष नन्द गुरुड,न्यु साउथ वेल्सका उपाध्यक्ष देबबहादुर गुरुड.लगायत विभिन्न राज्यका उपाध्यक्षहरुको सहभागितामा भएको होर्बट नेपाल फेस्टिभलमा नेपाली संस्कृती झल्कने नृत्य, झाँकी र विभिन्न भेषभुषा, नेपाली खानाका परिकारहरु प्रर्दशन गरिएको थियो ।

तास्मिानिया राज्यमा अग्रेजी पछि धेरैले बोल्ने भाषा नेपाली हो । नेपाली भाषालाई राज्यको बोलीचालीको दोस्रो भाषाको रुपमा राज्य सरकारले मान्यता दिएको छ ।

तास्मानियामा नेपालीहरु काम गर्न र पढन जाने क्रम बढ्दो रहेको छ । यो संगै तास्मानियामा नेपालीहरुको संख्या पनि बढदो रहेको छ । तास्मानियामा जाने नेपालीहरुले साना मझौला तथा ठूला व्यवसाय गर्न समेत थालेका छन् ।

त्यहाँ गएका नेपालीहरुले फूल खेती तथा तरकारी खेती गरेर धेरैलाई रोजगारी समेत दिएका छन् । डा किरण थापाले ठूलो क्षेत्रफलमा व्यवसायिक मखमली फूलको खेती गर्नु भएको छ । त्यसै गरी अर्का नेपाली ख्याम डुम्रेले एग्रो फार्म नै संचालन गरेर नेपाली मैलिक जातका तरकारी उत्पादन गर्दै आउनु भएको छ ।

मा प्रकाशित