काठमाण्डौ । जाडो सकिएर गर्मी शुरु भए संगै अष्टेलियामा बसोबास गर्ने गैर आवासीय नेपाली तथा त्यहाँ काम र अध्ययन गरी बसेका नेपालीहरुले आ आफनो बसोबास रहेको राज्यहरुमा मेला र महोत्सवको आयोजना गरी नेपाल प्रर्वद्धन गर्ने काम गर्दै आएका छन् ।
अष्ट्रेलियास्थित गैर आवासी नेपाली संघ राष्ट्रिय समिति तथा राज्य समितिहरुको आयोजनामा हुने त्यस्ता मेला तथा महोत्सवहरु नेपाल फेस्टिभलको रुपमा मनाइने गरिएको छ ।
नेपाल फेस्टिभलको क्रममा त्यहाँस्थित अष्ट्रेलियन र अन्य विभिन्न समुदायहरु बीचमा नेपाली कला, संस्कृती, रिती रिवाजहरु,भेषभुषा, नृत्य तथा तस्वीरहरुको माध्यमबाट नेपालमा पर्यटन प्रर्वद्धन गर्न सहयोग गर्ने गरिएको छ ।
नेपाल फेस्टिभल तथा मेला महोत्सवको आयोजना गरेर अष्ट्रेलियाका विभिन्न राज्यहरुमा छरिएर रहेका नेपालीहरु बीच आपसी एकता, भाइचारा अभिवृद्धि गर्नुका साथै त्यहाँ बसोबास गर्ने अन्य समूदायका मानिसहरुसंग मित्रवत सम्बन्ध विकास गर्ने गरिएको छ ।
त्यस क्रममा नेपालीहरुलाई आई पर्ने विभिन्न सम्स्याहरुमा सहयोग तथा सुझावहरु उपलब्ध गराउने अष्टे«लियन नागरिकहरुलाई नेपालमा भ्रमण गर्न प्रेरित गर्ने र त्यहाँ विभिन्न उद्यम गरेर बसेका नेपालीहरुका उत्पादनहरुको समेत प्रर्वद्धन गर्ने गरिएको गैर आवासी नेपाली संघ राष्ट्रिय समिति अष्ट्रेलियाका र्वतमान अध्यक्ष नन्द गुरुड.ले बताउनु भयो ।
नेपाल फेस्टिभल प्रतेक २ बर्षमा
नेपालको पर्यटन प्रर्वद्धन तथा नेपाललाई अष्ट्रेलियामा चिनाउन नेपाल फेस्टिभल प्रतेक २ बर्षमा मनाउने गरिएको छ ।
यस बर्ष अहिलेसम्म डार्बिन, मेलबर्न र तास्मिानियाको होर्बटमा नेपाल फेस्टिभल आयोजना गरिसकिएको गैर आवासी नेपाली संघ राष्ट्रिय समिति अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुड.ले जानकारी दिनु भयो ।
पछिल्लो पटक ब्रिसवेनमा नेपाल फेस्टिभल सम्पन्न
क्विन्सलैण्ड राज्को राज्यको राजधानी शहर ब्रिसबेनमा यही १३ नभेम्बर आइतवारको दिन नेपाल फेस्टिभल आयोजना गरिएको छ ।
अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले नदि किनारमा रहेको मुख्य शहरको किड.जर्ज स्क्वायरमा आयोजित नेपाल फेस्टिभलको शुभारम्भ गर्नु भयो ।
फेस्टिभलको उदघाटन गर्दै राजदुत पोखरेलले नेपाली लोक संस्कृतीको प्रर्वद्धनमा अष्टे«लियामा बसोबास गर्ने नेपालीहरुले खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताउनु भयो । उहाँले त्यसता मेला तथा फेस्टिभले नेपालमा पर्यटन प्रर्वद्धनमा समेत टेवा पुगेको उल्लेख गर्नु भयो ।
नेपाल फेस्टिभलमा नेपालीहरु तथा त्यहाँ बसोबास गर्ने अन्य समुदायका अष्ट्रेलियनहरु समेत गरी करिव करिव ११ हजारको सहभागिता रहेको नेपाल फेस्टिभल होर्बटका संयोजक तथा गैर आवासीय नेपाली संघ क्विनस्लैण्ड राज्यका उपाध्यक्ष विनोद आचार्यले आर्थिक परिवेशको विश्व परिवेशलाई जानकारी दिनु भयो ।
विहान नेपाली संस्कृती, भेषभुषा, बाजागाजा सहितको झाँकीले शहरको मुख्य भागको परिक्रर्मा गरेको थियो भने अपरान्हमा मुख्य कार्यक्रको आयोजना गरिएको थियो । रथयात्रा सहितको झाँकीको विपक्षी दलका नेता डेभिड क्रिसफूलीले शुभारम्भ गर्नु भएको थियो । रथमा कुमारीलाई रोखरे नगर परिकर्मा गराउँदा नगरवासीहरुले निकै उत्साहपूर्वक अवलोकन गर्नु भएको थियो ।
नेपाल फेस्टिभलमा गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरु दुर्गा आचार्य, धर्मराज अधिकारी क्षेत्रीय संयोजक दिनेशराज जोशी, गैर आवासीय नेपाली संघ अष्टेलीयाका अध्यक्ष नन्द गुरुड,ब्रिसवेन शहरका काउन्सिलर, त्यहाँ स्थित भारतीय, बंगलादेशी, पाकस्तानी, श्रीलंकाली समुदायका प्रतिनिधिहरुको पनि उल्लेखनीय सहभागिता रहेको संयोजक आचार्यले बताउनु भयो ।
क्विन्सलैण्ड नेपाल फेस्टिभलमा नेपाली संस्कृती झल्कने नृत्य, झाँकी र विभिन्न भेषभुषा, नेपाली खानाका परिकारहरु समेत प्रर्दशन गरिएको थियो ।
क्विन्सलैण्डमा हाल करिव २० हजारको संख्यामा नेपाली समुदायका मानिसहरुको बसोबास रहेको छ ।