सिड्नी । अष्ट्रेलियामा सबै भन्दा धेरै नेपालीहरु बसोबास रहेको आर्थिक नगरी सिडनीमा नेपाली संस्कृती तथा पर्यटनको प्रर्वद्धन गर्ने गरी आयोेजित नेपाल फेस्टिभल शनिवार सम्पन्न भएको छ ।
गैर आवसीय नेपाली संघ अष्ट्रेलिया राष्ट्रिय समिति तथा न्युसाउथवेल्स राज्य समितिले आयोजना गरेको नेपाल फेस्टिभलको अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले उद्घाटन गर्नु भयो ।
नेपाल फेस्टिभलको क्रममा स्थानीय समय अनुसार शनिवार बिहान ११ बजेदेखि १२ बजेसम्म नेपाली भेषभुषा, संस्कृती पहिरन झल्कने रयालीको आयोजना गरिएको थियो । यालीसंगै कुमारीसहितको रथयात्रा समेत गरिएको थियो ।
रयालीमा लाखे, शिव पार्वती, कुमारी रथयात्रा, पञ्चकन्या, नेपाली मौलिक पञ्चेबाजाका साथमा विभिन्न झाँकी र अन्य विभिन्न नेपाली मौलिक संस्कृति प्रस्तुत गरिएको थियो । बाजागाजासहितको रयालीले शहरको परिक्रमा गरी आयोजना स्थलमा पुगेको थियो ।
रयालीमा त्यहाँ बसोबास गर्ने नेपाली विभिन्न समुदायका सहभागिहरुले आआफ्नै मौलिक नेपाली पहिचान झल्किने भेषभुषाका साथमा सहभागिता जनाउनु भएको थियो ।
कोरोना पछि पहिलो पटक आयोजित फेस्टिबल भब्य रुपमा सम्पन्न भएको र करिव १५ हजार भन्दा बढीको सहभागिता रहेको फेस्टिबल आयोजक समितिका संयोजक गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देबबहादुर गुरुड.ले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली कलाकारहरु दीपक बज्रचार्य, प्रकाश सपुत, सन्दीप क्षेत्री लगायतका कलाकारहरुले छुट्टा छुट्टै संगीतिक प्रस्तुती गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
नेपाल फेस्टिभल सन् २००६ मा सिडनीबाट सुरु
सिडनीबाट सन् २००६ मा सुरु भएको नेपाल फेस्टिबल प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको छ । यस अघि सन् २०२० मा आयोजना गर्ने भनिए पनि कोरोना महामारीका कारण फेस्टिबल हुन सकेको थिएन । २०१८ मा भएको नेपाल फेस्टिबलको ¥यालीमा २ हजार जनाको सहभागिता रहेको थियो ।
मा प्रकाशित