निफ्राले शेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांस वितरण गर्ने

आर्थिक परिवेश

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले गत आर्थिब बर्षको नाफाबाट शेयरधनीलाई ४.२१ प्रतिशतले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

शनिबार काठमाण्डौमा आयोजित बैकको चौँथो वार्षिक साधारण सभाले बैंकको चुक्तापूँजी २१ अर्ब ६० करोड को ४.२१ प्रतिशतले हुने रकम नगद लाभांस वितरण गर्ने प्रताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७८÷७९सम्म आईपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै .१५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले १ अर्व २ करोड खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा सम्पन्न भएको सो चौथो बार्षिक साधारण सभाले  आर्थिक बर्ष २०७८÷७९ को बैकका वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गरेको छ । त्यसै गरी आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त साधारण सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ ।

बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालिन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगालि सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रबर्धन गर्ने विषयहरुलाई मुख्य आधार स्तम्भ बनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको जनाएको छ ।
साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा,चन्द्र प्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिती रहेको थियो ।

 

 

 

मा प्रकाशित