सुन प्रतितोला एक लाख नजिक

आर्थिक परिवेश

 

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमवार छाप भएको सुनको मूल्य करिव एक लाख नजिक पुगेको छ । यस दिन सुनको अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला चार सयले बढेर किनबेच भएको छ ।

आइतवार सुन प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य सोमवार बढेर प्रतितोला ९९ हजार नौ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार सोमवार तेजाबी सुनको कारोवार प्रतितोला ९९ हजार चारमा भयो । आइतवार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा सोमवार प्रतितोला १५ रुपैयाले बढेर एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

मा प्रकाशित