अन्तराष्ट्रिय पर्वत समाजको भेला दुबईमा हुने, तयारी शुरू

आर्थिक परिवेश

काठमाडाै । पर्वत जिल्लामा जन्मिएर विभिन्न मुलुकमा रोजगार, व्यवसाय तथा शैक्षिक उन्नतिका लागि प्रवासमा रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजको भेला साथै साधारण सभा दुबईमा हुने भएको छ ।

संस्थाका महासचिव मणी भुर्तेलले दिएको जानकारी अनुसार सन् २०२३ फेब्र्र्अरी १८ र १९ अर्थात २०७९ फागुन ६ र ७ गरी दुई दिन दुबईमा सञ्चालन हुने भएको हो ।

भेला सम्पन्न गर्नको लागि संस्थाका बरिष्ठ उपाध्यक्ष परशुराम पौडेलको संयोजकत्वमा समिति गठन भएको छ ।

साथै ब्यबस्थापनको जिम्मा पर्बत समाज युएईले लिएको छ भने आर्थिक संयोजक कार्यबहाक कोषाध्यक्ष रूद्र मणि लम्साल र भेला कार्यपत्र प्रस्तुतको लागि समाजका उपाध्यक्ष गुणराज शर्मालाई दिइएको समाजले जनाएको छ ।

दुबई भेलामा पर्बत समाज गठन भएका सदस्य राष्ट्रहरू पर्बत समाज हङकङ, द कोरिया , जापान, युके , बेल्जियम,नेदरल्याण्ड, स्पेन, युएई , पोर्तुगल,कतार, अमेरिका र बहराइन छन भने सह-आयोजकको रूपमा प्रतिनिधित्व हुने महासचिव भुर्तेलले जानकारी दिनुभयो ।  साथै पर्बत जिल्ला तथा बिभिन्न मुलुकहरूबाट पनि प्रतिनिधित्व रहने उहाँले जानकारी दिनुभयो ।

अघिल्लो बर्ष पर्वत जिल्ला कै पर्यटकीय गाउँ चित्रेमा साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको पर्वत समाजले साधारणसभा दुर्वइमा गर्ने निणर्य गरेको हो ।

अन्तराष्ट्रिय पर्वत समाजले भोलिका दिनमा जिल्लाको विकास तथा समृद्धि एवं ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई स्वास्थ्य सेवामा सहयोग गर्ने गरी कार्ययोजना अघि बढाएको संस्थाका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको पर्यटन क्षेत्रको प्रबद्र्धन सँगै आपतकालिन अवस्था र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । ‘समाजले आफ्नो जन्मभूमिका लागि प्रवासमा रहेका पर्वतेलीहरुबाट गास काटेर संकलन गरेर भएपनि धेरथोर सहयोग गरेको छ’ अध्यक्ष केसीले भन्नुभयो ।

‘हामी विविध कारण बस जिल्ला र जन्मभूमिबाट टाढा भएपनि गाउँमा नै रहेको आभास दिलाउने गरी प्रयत्न गरेका छौँ ।’
यस अघि पनि अन्तराष्ट्रिय पर्वत समाजले कोरोना कालमा जिल्लाको स्वास्थ्य क्षेत्र सँगै सञ्चार क्षेत्रलाई पनि सहयोग उपलब्ध गराएको थियो ।

यस अघि १७ अप्रिल २०२२ मा युरोप भेला गरेको पर्वत समाजले संस्था विकास तथा कार्ययोजना, लगानी कार्ययोजना लगायतका विषयमा छलफल गरेको थियो ।

अध्यक्ष केसीका अनुसार विगतमा भएका छलफल र निणर्यलाई कार्यन्वयन गर्न र पर्वतको समृद्धिका लागि हातेमालो गर्न दुवई भेला तथा साधारण सभाको आयोजना गरिएको बताउनुभयो ।

मा प्रकाशित