कोरियाबाट आइपुगे उन्नत जातका गाई

आर्थिक परिवेश

काठमाडौ । दक्षिण कोरिया सरकारवाट हिफर इन्टरनेशनल मार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रुपमा उपलव्ध गराउन लागिएको १०० वटा होल्स्टेन फ्रिजन जातका कोरेली गाइ नेपाल आइपुगेका छन् ।

१०० वटा होल्स्टेन फ्रिजन र २० वटा उच्च प्रजनन मानका बहर मध्ये प्रथम चरणमा २०७९ पौष ७ गते विहिवार साँझ ५ः३० बजे ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन राँगा र ३४ लिटर जमेको वीर्य त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका वीच नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सु ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा. दिपककुमार खराललाइ हस्तान्तरण गर्नुभयो ।
चार चरणमा गरी डिसेम्वर २८ अर्थात पौष १३ गतेसम्म सवै कोरेली गाई र प्रजनन बहर नेपाल आइपुगिसक्ने छन् ।

बिहिवार ल्याइएका ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन बहर केही दिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखि पशु प्रजनन कार्यालय पोखरा र लाहान कार्यालयमा तथा कमलामाइ नगरपालिकामा हस्तान्तरण गरिने छ ।

यसरी प्राप्त आनुवांशिक स्रोतवाट नेपालमा उच्च प्रजनन मानका गाइको स्रोत केन्द्र विकास, दुध उत्पादन वृध्दि तथा जातीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मा प्रकाशित