काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गर्नु भएको छ ।
सोमवार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गर्नु भएको हो ।
समारोहमा ३ जना उपप्रधानमन्त्रीहरुले पनि शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्ने उपप्रधानमन्त्रीहरुमा नेकपा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने रहुनु भएको छ ।
शितल निवासमा आयोजित विशेष समारोहका बीच ४ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गर्नु भएको छ । शपथ ग्रहण गर्ने मन्त्रीहरुमा दामोदर भण्डारी राजेन्द्रकुमार राई, अब्दुल खान र ज्वालकुमारी साहले शपथ ग्रहण गर्नु भए पनि उहाँहरुको मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।
पुष्पकमल दाहालको मन्त्रिमण्डलमा यस अघि अर्थमन्त्री भै अनुभव संगालेका विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री नियुक्त हुनु भएको छ ।
यसअघि एमाले र माओवादी एउटै दलमा हुँदा पौडेल अर्थमन्त्री रहनुभएको थियो । त्यसअघि पनि पौडेललाई एमालेले अर्थमन्त्रीको जिम्मेवारी दिइसकेको थियो ।
वृद्धभत्ता बढाउने ’पपुलिष्ट’ नीति लिएका पौडेल अर्थतन्त्रमा समन्वयकारी भूमिकाका लागि चिनिनु हुन्छ ।
हाल गभर्नरमा नेकपा एमालेले नियुक्त गरेका महाप्रसाद अधिकारी रहुन भएको छ । पौडेल अर्थमन्त्री भएसंगै केन्द्रिय बैंकसँग राम्रो समन्वय हुने देखिएको छ । पौडेलले पछिल्लो पटक अर्थमन्त्री हुँदा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई प्रमुख आर्थिक सल्लाहकार बनाउनु भएको थियो ।
पौडेलले अर्थ मन्त्रालय सम्हाल्ने चर्चाका बीच सोमवार शेयर बजारमा उच्च वृद्धि देखिएको छ ।
२०५१ मा प्रतिनिधिसभा सदस्य समेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री हुनु भएको थियो ।
पिता देवीलाल र माता रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ मंसिर ५ गते स्याङ्जाको पुतलीबजार–१३ मा भएको हो । माध्यमिक तहसम्म पढेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय रहदै आउनु भएको छ । तत्कालिन एमालेका केन्द्रीय सचिवसमेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही–४ बाट विजयी हुनु भएको थियो ।
माओवादीसँग एमालेकोे एकीकरण भएपछि बनेको पार्टीमा उहाँ महासचिवको जिम्मेवारीमा रहनु भएको थियो । रुपन्देहीको क्षेत्र नंमवर २ वाट प्रतिनिधि सभामा निर्वाचित पौडेल हाल एमालेको उपाध्यक्ष हुनुहुन्छ ।
मा प्रकाशित