काठमाण्डौ । नयाँ सरकारको अर्थतन्त्रको वागडोर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्हाल्नु हुने भएको छ ।
मुलुकको अर्थतन्त्र कठिन अवस्थामा रहेको बेला अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले तेस्रो पटक मुलुकको अर्थतन्त्रलाई चलाउने जिम्मेवारी पाउनु भएको हो ।
सोमवार शितल निवासमा सपथ ग्रहण गरे लगतै अर्थमन्त्री पौडेलले शहीदपार्कमा पुगेर शहीदप्रति पुष्पगुच्छा अर्पण गरेर सोमबार अर्थ मन्त्रालयमा कार्यभार सम्हानु भएको हो ।
अर्थ मन्त्रालय मातहतका विभिन्न निकायहरुमा दर्ता, चलानी हुने र कागजातको ओसारपसार हुने प्रकृयालाई अनलाईन प्रणालीबाट सम्पन्न गर्ने निर्णयमा हस्ताक्षर गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको वागडोर सम्हाल्नु भएको हो ।
हाल कठिन अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउने चुनौतीको बीचमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीहरुका सम्बन्धमा विज्ञहरुसंग छलफल गरेर अघि बढने धारणा राख्नु भएको छ ।
संकटको डीलमा पुगेको अर्थतन्त्रलाई ठीक ढंगले अघि बढाउन सबै पक्षको महत्वपूर्ण भूमिका रहेको भन्दै अर्थमन्त्री पौडेलले त्यस कार्यमा अर्थ मन्त्रालयलाई सबैको सहयोग प्राप्त हुने अपेक्षा समेत गर्नु भयो ।
हाल देखिएका अर्थतन्त्रका चुनौतीहरु कावु बाहिरको विषय नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यसलाई लयमा ल्याउन सम्बद्ध पक्षसंग सघन छलफल अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
आफै पनि मुलुकको अर्थतन्त्रको वर्तमान लयका सम्बन्धमा प्रर्याप्त जानकार अर्थमन्त्री पौडेलको समन्वयकारी स्वभावले पनि यो समस्याको मार्ग पहिल्याउन सजह हुने देखिएको छ ।
मा प्रकाशित