काठमाडौँ । नेपाली शेयर बजारको कारोवार रकमममा बिहिवार उच्च वृद्धि भएको छ । यस दिन शेयर कारोबार मापक नेप्से परिसूचक पनि दोहोरो अंकले बढेको छ ।
बिहिवार नेप्से परिसूचक १८ दशमलब शून्य नौ अङ्कले उकालो चढेर दुई हजार एक सय ४३ दशमलब ९३ मा अंकमा पुगेको छ ।
बिहिवारको कारोबारमा ठूला कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले बढेर चार सय ११ दशमलब २३ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा घटेको छ भने ११ उपसमूहको शेयर मूल्य बढेको छ ।
यस दिन कारोवारमा आएका कम्पनीहरु मध्ये एक सय ४७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ।
यस दिन कूल एक करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयरहरु पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा किनबेच भएका छन् ।
शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पुँजीकरण बढेर ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ रुपैया बराबर पुगेको छ ।
कारोबारका आधारमा बिहिवार हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ४३ करोड १९ लाख ६६ हजार नौ सय ७४ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन रिडी पावर कम्पनीको २१ करोड ४१ लाख आठ हजार चार सय ८७, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७८ हजार छ सय ६५, एनआइसी एसिया बैङ्कको ११ करोड ८४ लाख ४४ हजार तीन सय छ र नेपाल पुर्नबीमा कम्पनीको १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँच कम्पनी भित्र पर्न सफल भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सकारात्मक र्सिर्कट लाग्ने गरी कारोेवार भएका कम्पनीहरुमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन् । उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड तीन दशमलब शून्य तीन, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ८८, नारायणी डेभलपमेन्ट बैङ्क दुई दशमलब ८२, नेपाल एसबिआई बैङ्कको ऋणपत्र दुई दशमलब ७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले दुई दशमलब ४६ प्रतिशतले गुमाएका छन् ।
मा प्रकाशित